नियम १०८
व्यक्तिगत विवरण
(१) प्रमुख सेनानी वा सोभन्दा माथिका सैनिक व्यक्तिको बढुवाको सिफारिस गर्दा र महा सेनानी बा सोभन्दा माथिका सैनिक व्यक्तिको म्याद थप गर्दा अनुसूची-५, अनुसूची- ७ र अनुसूची-१४ तथा सरुबाको सिफारिस गर्दा अनुसूची-५ र अनुसूची-१४ वमोजिमको विवरण फारम भरी मन्त्रालयमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम एक पटक व्यक्तिगत विवरण पठाई सकेका सैनिक व्यक्तिको थप भएको व्यक्तिगत विवरण मात्र पठाउनु पर्नेछ ।